शुक्रबार, चैत १३, २०८२

जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दै

मेरोन्यूज २०८१ जेठ १५ गते १०:२५

काठमाडौँ । जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दैछ ।

Advertisement
nepal life insurencenepal life insurence

जनमतले आज एक कार्यक्रमकाबीच काठमाडौँको भृकुटी मण्डपमा आन्दोलनको घोषणा गर्न लागिएको हो । 

जनमतले आन्दोलनको घोषणाअघि सांस्कृतिक झाँकीसहित र्‍याली निकाल्ने बताएको छ । बिहान ११ बजे विभिन्न स्थानबाट निस्किने र्‍याली भद्रकाली, शहीद गेट, वीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश हुनेछ ।

उक्त सभालाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहितका नेताहरुले सम्बोधन गर्दै आन्दोलनको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया