शुक्रबार, जेठ २, २०८२

फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक

मेरोन्यूज २०८१ जेठ १५ गते २०:३४

काठमाडौं । साउन ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सो पोस्टरमा केन्द्रीय कलाकार पृथ्वीराज प्रसाईं र अनु शाहले स्थान पाएका छन् ।

ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ । अनु पाँच वर्षपछि यही फिल्मबाट पुनरागमन गर्दैछिन् ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा राजु गिरीको निर्देशन तथा हरिबहादुर थापाको लगानी रहेको छ ।

यस फिल्ममा पृथ्वीराज र अनुसहित सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ ।

प्रतिक्रिया