गण्डकीको मुख्य न्यायाधिवक्तामा शर्मा

गण्डकी । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) को व्यवस्थाबमोजिम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्ति गरेका हुन् ।
शर्मा यसअघि पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए । म्याग्दीको बेनी नगरपालिका–१० का स्थायी बासिन्दा शर्मा विसं २०४८ देखि कानुन व्यवसायमा आबद्ध छन् । बिएल, बिएडका साथै उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
म्याग्दीको महेन्द्र माविमा दुई वर्ष प्रधानाध्यापक रहेका उनी झण्डै १८ वर्ष म्याग्दी बहुमुखी कलेजमा राजनीति शास्त्र र बिजनेस ल विषय प्राध्यापन गरेका थिए । उनी म्याग्दी जिल्ला नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया