टी–२० विश्वकप : नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु भएको छ । अम्पायरसँगै दुबै टोलीका खेलाडी मैदानमा प्रवेश गरेका छन् । दुबै राष्ट्रको राष्ट्रिय गान पनि पुरा भएको छ ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो । नेदरल्यान्ड्सले टस जिती पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । समूह ‘डी’ मा रहेको नेपाल र नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीका लागि टसले ठुलो अर्थ नराख्ने बताएका छन् । ‘टस ठुलो कुरा होइन, हामी पहिले ब्याटिङ गर्दै बढीभन्दा बढी रन बनाउन चाहन्छौ ।
अहिलेका लागि हाम्रो लक्ष्य यही हो,’ नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएपछि नेपाली टोलीका कप्तानले भने । उनले १० वर्षपछि आफूहरु विश्वकप मञ्चमा उभिएको बताउँदै सानैदखि देशका लागि विश्वकप खेल्नु आफ्नो सपना भएको प्रतिक्रिया पनि दिएका छन् ।
नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको डालासमा हुँदैछ । रंगशालामा आफ्नो टोलीको हौसला बढाउन हजारौँको सङ्ख्यामा नेपाली समर्थक उपस्थित छन् ।
















बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया