सोमबार, पुष २८, २०८२

टी-२० विश्वकप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै श्रीलंका

मेरोन्यूज २०८१ जेठ २६ गते ६:५१

काठमाडौं । आईसिसी टी-२० विश्वकपमा अहिले श्रीलंकाले बंगलादेशविरुद्ध ब्याटिङ गर्दैछ।

टस जितेर बंगलादेशले सुरुमा फिल्ड रोजेपछि श्रीलंकाले सुरुमा ब्याटिङ गरेको हो। समूह ‘डी’को बंगलादेश विश्वकपमा पहिलो खेल खेल्दैछ। श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको थियो।

पहिलो खेलमा बंगलादेश विजयी सुरुवात गर्न चाहन्छ भने श्रीलंका पहिलो जितको खोजीमा हुनेछ।

यो समूहमा बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, नेपाल र नेदरल्याड्स छन्।

दक्षिण अफ्रिका दुई अंकसहित समूहको शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स समान दुई अंकसहित दोस्रो स्थानमा छ। नेपाल र श्रीलंकाले खाता खोल्न सकेका छैनन् भने बंगलादेश आज पहिलो खेल खेल्दैछ।

प्रतिक्रिया