फोटो पत्रकार वन्तको ‘थाहा छैन’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । फोटो पत्रकारितामा स्थापित एवम् विगत एक दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रम आयोजना गर्दै आएका पत्रकार प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि विमोचन गरिएको थियो । कार्यक्रममा संगीतकार तथा गायक नरहरि प्रेमीले फोटोपत्रकार वन्तले नेपाली समाजमा युवायुवती मायामा कसरी तड्पिएर बाँच्दा रहेछन भन्ने भोगेको दुखलाई गीत संगीतमा अभिनयकोे माध्यमबाट प्रस्तुत गरेकामा खुसी व्यक्त गरे ।
उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको हृदय छुनसक्ने बताए । नेपाली समाजमा मायामा परेकालाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ ।
गीतकार सन्तोष जंग थापाद्वारा रचित ‘थाहा छैन’ नामक गीतमा रोसन राईकाे स्वर छ भने भिडियोमा फोटा पत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय रहेको छ । गीतको छायाङ्कन रामकृष्ण चौलागाईंले गरेका हुन् । संगित तथा भिडियो निर्देशन आसिक राईले गरेका छन् । म्यूजिक भिडियो रन्जु राईले निर्माण गरेकी हुन् ।
















गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
१५ करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया