‘साहु बा’ वेब शृङ्खलाको टिजर सार्वजनिक

काठमाडौं । वेब शृङ्खला ‘साहु बा’ को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शृङ्खलाको टिजर सार्वजनिक गरिएको हो ।
सार्वजनिक श्रव्यदृश्यले शृङ्खलामा अभिनय गरेका कलाकारको आवरण (गेटअप) र कथासार बुझ्न मदत पुग्ने निर्देशक सुजय योङले बताए ।
‘शृङ्खलाको लेखनमा तीन वर्ष समय खर्चिएका छौँ । यसको छायाङ्कनमा पनि समय लागेको छ । मेरो योजनामा प्रसिद्ध कलाकार जोडिनुभयो, यो सफल भएमा नेपालमा शृङ्खला बन्ने क्रम बढ्नुका साथै चलचित्रका कलाकार पनि अभिनय गर्न तयार हुने मैले देखेको छु । त्यसैले यो मेरा लागि त महत्वपूर्ण छ नै यसले नेपालमा वेब शृङ्खलालाई नयाँ सम्भावना दिने छ’, निर्देशक योङले भने ।
अभिनेत्री प्रियङ्का कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोलालगायतका कलाकारले शृङ्खलामा अभिनय गरेका छन् ।
अभिनेत्री कार्कीले यो शृङ्खलामा अभिनय गर्नुको कारण कथावस्तु रहेको बताइन् । उनले भनिन् ,‘यो नेपालमा नयाँ प्रयोग पनि हो । मलाई यसको विषयले आकर्षित गरेको हो । मेरो बच्चा भएको समय भएकाले त्यहीअनुरुप मेरो पात्र तयार गरिएको थियो तर २४ औँ भाग खिच्दासम्म मेरो शारीरिक अवस्था परिवर्तन भएको देख्नुहुनेछ ।’
यो शृङ्खला एपी वान टेलिभिजन र ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा प्रदर्शन हुनेछ । फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको शृङ्खलालाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर छायाङ्कन गरेका हुन् ।
शृङ्खलाको कथा, पटकथा तथा संवाद निर्देशक योङले नै तयार गरेका हुन् । प्रेम, विश्वासघात र प्रतिसोधको कथा समेटिएको शृङ्खलालाई द्वन्द्व र अपराध (एक्सन तथा क्राइम) विधामा तयार गरिएको छ ।









पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
माछा मार्न गएका ताजपुरियाको मृत्यु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया