बाल श्रमको कथामा नाटक मञ्चन

काठमाडौँ । महानगरपालिकाको वडा नं. ७ को महिला सञ्जालले बाल श्रम विरुद्धको दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा हिलारी स्कुलका बालबालिकाले बाल ‘श्रम विरुद्धको आवाज’ शीर्षकमा नाटक मञ्चन गरेका छन् ।
गरिबीका कारण बालबालिका श्रम क्षेत्रमा पुग्ने, श्रम क्षेत्रमा यौनजन्य तथा शारीरिश हिंसाको शिकार हुने कारण नाटकमा देखाइएको थियो । श्रम क्षेत्रका बालबालिकालाई श्रममुक्त गराउन अन्य साथी बालबालिकाहरुकै पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने नाटकको सन्देश थियो ।
सञ्जालकी संयोजक रुपा थापा भन्छिन, ‘रात्रीकालीन व्यवसाय, मनोरञ्जनका क्षेत्र, खाजा घर तथा अन्य व्यवसायिक स्थानमा हुने गलत क्रियाकलाप र बाल श्रम विरुद्धको अभियानका लागि अन्तरक्रियात्मक संवाद गरिएको छ । वडाले बालबालिकासँगै महिला र युवतीलाई हिंसाबाट बचाउनु पर्नेछ । पुरुषहरुलाई समेत सहभागी गराएर हिंसा शून्य समाज निर्माण गर्नु पर्नेछ ।’
कार्यक्रममा सामुदायिक प्रहरी, रात्रीकालीन व्यवसायीहरुको संघसंस्थाका प्रतिनिधि, मानव बेचबिखन तथा ओसार पसारविरुद्ध काम गर्ने सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले आफ्ना दायित्वका विषयमा धारणा राखेका थिए ।
दिवसकै दिन महानगरपालिकाले सिंहदरबार भित्र सञ्चालनमा रहेका क्याम्टिनहरुबाट ४ जना बाल श्रमिकलाई उद्धार गरेको थियो । यससहित १८ बर्षमुनि उमेर समूहका ४१ जना बालबालिकाको जोखिमपूर्ण श्रमबाट उद्धार भएको छ ।















सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया