‘बोक्सीको घर’को ५१ दिनको ‘सेलिब्रेसन’ अस्ट्रेलियामा
मेरोन्यूज
२०८१ असार ३ गते १८:१०

काठमाडौं । केकी अधिकारीको निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ले आइतबार रञ्जना सिनेप्लेक्समा ५१ दिन मनायो । यसअवधिमा फिल्मले घरेलु बजारमा १० करोडभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ ।
फिल्ममा मुख्य कलाकारसमेत रहेकी केकीले ५१ दिनको खुसीयाली अस्ट्रेलियामा मनाएकी छन् । फिल्म प्रदर्शनको क्रममा विदेशमा रहेकी केकीले उतै नेपाली दर्शकसँग खुसी साटेकी हुन् ।
एडिलेडको एक हलमा आइतबार आयोजित कार्यक्रममा उनले केक काटेकी थिइन् । उनको यो फिल्म अहिले अस्ट्रेलियामा प्रदर्शनरत छ ।
यो फिल्म गत वैशाख १४ गते प्रदर्शनमा आएको थियो । यसको मुख्य भूमिकामा केकीसहित स्वेच्छा राउत र बालकलाकार सुपला भट्टराई छन् ।
सम्बन्धित









कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
७ लाख थान विद्युतीय राहदानी खरिद गर्न विभागलाई स्वीकृति
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया