राजदूतमा सिफारिस सुशील प्याकुरेलद्वारा पद अस्वीकार !

काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् ।
प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्रनै लेखेर आफूलाई दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिन आग्रह गर्न लागेको निकटस्थसँग बताएका छन् । एमालेको कोटाबाट सिफारिस उनले एमालेलाई पनि यसबारे जानकारी गराइसकेको स्रोतले जानकारी दिएको छ ।
प्याकुरेलले आफूलाई राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क समेत नगरेको गुनासो गरेका छन् ।
‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केत समेत दिइएन’, प्याकुरेलले निकटस्थसँग भनेका छन्, ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु ।’ उनले यही बेहोराको पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको स्रोतको भनाइ छ ।
साथै, उनले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक भएको औँल्याएका छन् ।
यस सम्बन्धमा प्याकुरेलले अहिले राजदूतमा रुचि नरहेको स्वीकार गरे पनि थप प्रतिक्रिया दिन चाहेनन् ।
‘अहिले किन हतार गर्नुपर्यो । प्रक्रिया पुरा गर्दै छु’, प्याकुरेलले भने ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आठ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।















कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया