आहा रारा गोल्डकप : एपिएफ विजयी

पाेखरा । विभागीय टोली एपिएफले आयोजक सहारा क्लबमाथि १–० को जित निकाल्दै पोखरामा सम्पन्न १९औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सृुरुआत गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा एपिएफले खेल सकिन तीन मिनेट बाँकी रहँदा आशिष लामाको गोलबाट अग्रता लिँदै आजबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
पहिलो जितसँगै विभागीय टोली एपिएफले आयोजकलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दुई वर्ष अघि पनि सहारालाई उदघाटन खेलमै पराजित गरेर अघि बढेको एपिएफले फेरी एकपटक सहारालाई स्तब्ध बनाउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
निकै रोमाञ्चक बनेको खेलमा आयोजक सहारा र एपिएफले गोल रहित बराबरी खेलेका थिए । ८७ औं मिनेटमा आशिष लामाको निर्णायक गोलमा एपीएफले सहारालाई १–०ले पराजित गर्दै जित आत्मसात गर्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा प्रदीप लामाले डिबक्सभित्र अवसर दिएको बललाई आशिष लामाले जाली चुमाउन सफल भएका थिए । अन्तिम चारमा स्थान बनाएको एपिएफल अब सेमिफाइनलमा मनाङ र संकटाबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा आइतबार मच्छिन्द्र क्लब र अफ्रिकन युनाइटेडबीच प्रतिस्पर्धा हुँनेछ । सहारा क्लबले गोल्डकपको उदघाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ठ खेलाडीबाट सम्मान पनि ग¥यो । रिजाललाई नगद ३५ हजारसहित सम्मान गरिएको हो ।












जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
प्रतिक्रिया