सहकारीसम्बन्धी संसदीय छानबिन समितिको अध्ययन जारी

काठमाडौँ । सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ ।
समितिले सरोकार भएका निकायसँग कागजात झिकाउने, ती निकायका अधिकारीको भनाइ सुन्ने र छलफल गरी अध्ययन गरिरहेको समितिका सचिव बबिता मिश्रले जानकारी दिइन् । यही असार २३ गते समिति गठन भएको एक महिना पूरा हुँदैछ ।
एक महिनामा भएका उपलब्धि सार्वजनिक गर्ने तयारीसमेत गरिएको मिश्रले जानकारी दिइन् । उनका अनुसार समितिको आजको बैठकमा महालेखापरीक्षक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, सहकारी विभागका रजिष्ट्रारलगायत सम्बन्धित निकायका कर्मचारीसँग छलफल भएको छ ।
शुक्रबार गृहसचिव, प्रहरी महानिरीक्षकलगायत उच्च प्रहरी अधिकारीसँग छलफल गरिने समिति सचिव मिश्रले बताइन् । नेपाली कांग्रेसको लामो विरोधपछि प्रतिनिधिसभाबाट छानबिन समिति गठन भएको थियो ।
समितिलाई समस्यामा परेका बचतकर्ताको रकमबारे अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, सोको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए÷नभएकोलगायतका विषयमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया