सुटिङका क्रममा घाइते भइन् उर्वशी रौतेला
मेरोन्यूज
२०८१ असार २६ गते १४:००

काठमाडौं । भारतीय अभिनेत्री उर्वशी रौतेला फिल्मको सुटिङका क्रममा घाइते भएकी छन् । उनको हातका हड्डी भाँचिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उर्वशी हैदराबादमा तेलुगु फिल्म ‘एनबीके १०९’ को सुटिङ गरिरहेकी थिइन् । फिल्मको एक्शन सिक्वेन्सको सुटिङका क्रममा उनी घाइते भएकी हुन् ।
हाल उनको अस्पतालमा उपचार भइरहेको छ । उनी पूर्ण रुपमा निको भएपछि फेरि सुटिङ सुरु गर्ने बताइएको छ ।
‘एनबीके १०९’ को छायांकन नोभेम्बर २०२३ बाट सुरु भएको थियो । यसमा उर्वशीका अलावा बबी देओल, प्रकाश राज र दुल्कर सलमानको पनि अभिनय छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया