फिल्म ‘ईश्वर’को गीत ‘पूरा भयो सपना मेरो’ सार्वजनिक

काठमाडौँ । आगामी साउन ११ गतेदेखि रिलिज हुने फिल्म ‘ईश्वर’को गीत ‘पुरा भयो सपना मेरो’ सार्वजनिक भएको छ । रवि ओड र बेनिशा पौडेलको स्वर रहेको गीतमा भीष्मराज फुलाराको शब्द र राजेन्द्र बजगाईँको संगीत छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारद्वय ध्रुव थापा र कृष्टि गुरुङ फिचर्ड छन् । गीतमा ध्रुव र कृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ ।
राजु गिरी निर्देशित फिल्ममा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईँ, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईँ, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्ममा लक्ष्मी कुँवर थापा प्रस्तुतिकर्ता छिन् ।
फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ ।










यस्ताे छ आजकाे माैसम पूर्वानुमान
भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
प्रतिक्रिया