शाहरुख खानसँग काम गरेपछि तापसीले तीन गुणा बढाइन् पारिश्रमिक

काठमाडौं । भारतीय अभिनेत्री तापसी पन्नु लामो समयदेखि चर्चामा छैनन् । गत वर्ष शाहरुख खानसँग फिल्म ‘डंकी’मा देखा परेपछि अभिनेत्री तापसीको लोकप्रियता हिन्दी सिनेमामा निकै बढेको पाइएको थियो ।
एक वर्ष अघिसम्म अभिनेत्रीले एक फिल्मका लागि ४ देखि ५ करोड भारु पारिश्रमिक लिन्थिन् । तर अहिले भने उनले एउटा फिल्मका लागि १२ देखि १५ करोड पारिश्रमिक मागिरहेकी छन् ।
तापसीले गत वर्ष निर्माताको रूपमा आफ्नो पहिलो फिल्म ‘धक धक’ बनाएकी थिइन् । अहिले उनी आफ्नो हरेक फिल्ममा निर्माता बन्न खोजिरहेकी छिन् । फिल्मले नाफा कमायो भने त्यसको निश्चित प्रतिशत उनको कम्पनीले पनि पाउँछ । यस रणनीतिका कारण तापसीले खासै नयाँ फिल्म गरिरहेकी छैनन् । यतिबेला अभिनेत्रीले आफूलाई नायक जत्तिकै महत्त्व दिने र मुनाफामा हिस्सा पाउने फिल्ममा बढी फोकस गरिरहेको बताइन्छ ।
तापसीको आगामी फिल्म फिर आयी हसीन दिलरुबा ओटीटीमा रिलिज हुँदैछ। यो फिल्म उनको चर्चित फिल्म ‘हसीन दिलरुबा’ ‘फिर आयी हसीन दिलरुबा’ को सिक्वेल हो ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया