ओलम्पिकमा फाइनल खेल्न नपाएकी विनेश फोगटले छोडिन कुस्ती
मेरोन्यूज
२०८१ साउन २४ गते ७:२४

काठमाडौँ । पेरिस ओलम्पिकको कुस्तीको ५० केजी समुहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् ।
पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी छन् ।
विनेशले लेखेकी छन्- ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलविदा कुश्ती २००१-२०२४’ उनले अगाडी लेखेकी छन्– ‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु । क्षमा ।’
उनलाई बुधबार ५० केजी समुहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नु अघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया