बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडरमा सन्दीप लामिछाने नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन्।
सोमबार बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भयो।
सन्दीप दुई वर्षका लागि बृज इन्टरनेसनल एडुकेसनल कन्सल्टेन्सीको एम्बासेडर रहनेछन्। बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाए।
सन्दीपले बृज इन्टरनेसनल एडुकेसनल कन्सल्टेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताएका छन्। साथै, उनले खेल जीवनमा धेरै सहयोग पुग्ने बताए।
‘यो सम्झौता हुँदा धेरै खुसी छु। यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ। साथै, देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ,’ सन्दीपले भने।
कन्सल्टेन्सीका निर्देशक भुवन गिरीले सन्दीपजस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए। साथै, उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए।
‘सन्दीपलाई ब्रान्ड एम्बासेडरको हुँदा कन्सल्टेन्सीलाई ठूलो सहयोग पुग्नेछ। साथै, यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुग्छ।’
सन्दीप क्यानडामा भएको ग्लोबल टी– २० खेलेर स्वदेश फर्किएका हुन्।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया