कमेडी फिल्म हाउसफुलको सिरिजमा ज्याक्लिनको कमब्याक

काठमाडौँ । अक्षय कुमार अभिनीत ‘हाउसफुल’ सबैभन्दा लोकप्रिय कमेडी फ्रेन्चाइजी मध्ये एक हो । निर्माताहरु यसको पाँचौं किस्ता ल्याउने तयारीमा छन् र यसको घोषणा पनि भइसकेको छ । यस पटक अक्षय कुमार र रितेश देशमुखसँगै फरदीन खान पनि हुने भएका छन् । तर, यसैबीच, जैकलिन फर्नान्डेज प्रमुख अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताइएको छ ।
निर्माता साजिद नाडियाडवाला रहेको यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, फरदीन खान र सञ्जय दत्त जस्ता स्टारहरू छन् । स्टारकास्टले फ्रन्चाइजीमा नयाँ उर्जा ल्याउने देखिन्छ ।
३०० करोडको निर्माण बजेट रहेको ‘हाउसफुल’ को पाँचौं सिरिज फ्रेन्चाइजीको सबै भन्दा महँगो फिल्म समेत हुने भएको छ । फिल्ममा ज्याकलिन अक्षय कुमारको अपोजिटमा देखिने बताइएको छ । ज्याक्लिन हाउसफुलको शुरुका तीन सिरिजमा रहेकी थिइन् भने चौथो सिरिजमा थिइनन् ।
साजिदले अन्य तीन ए-लिस्टर नायिकालाई पनि कास्टमा समावेश गर्न छलफल गरिरहेको र आधिकारिक घोषणा छिट्टै हुने बताइएको छ ।
यस अघि ‘हाउसफुल ५’ यस वर्षको दीपावलीको अवसरमा रिलिज हुने तय भएपनि निर्माताले यसको रिलिज मिति ६ जुन २०२५ सम्म पुर्याएका छन् ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया