अस्ट्रेलियाको बिग बाश लिगको खेलाडी ड्राफ्ट सार्वजनिक, २ नेपाली खेलाडी सामेल

काठमाडौँ । अस्ट्रेलियाको चर्चित टी-२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्सार्वजनिक भएको छ । सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची रार्वजनिक गरिएको छ ।
यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन् । नेपालका स्पीनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजबंशीलाई ड्राफ्टमा सामेल गरिएको छ । अब सेप्टेम्बर १ मा यसै सूचीबाट विभिन्न ८ फ्रेन्चाइजीले खेलाडीको चयन गर्ने छन् ।
बिग बास लिगमा खेलाडीलाई चार तहमा बिभाजन गरिएको छ । प्लाटिनममा रहेका खेलाडीले बढीमा ४ लाख २० हजार डलरसम्म पारिश्रमिक पाउछन् भने गोल्डमा रहेका खेलाडीले ३ लाख डलर
पारिश्रमिक पाउछन् । त्यस्तै सिल्भरमा रहेका खेलाडीले २ लाख डलर र ब्रोन्जमा रहेका खेलाडीले एक लाख डलरसम्म पारिश्रमिक पाउछन् ।
नेपालबाट अहिलेसम्म सन्दीप लामिछानेले मात्र बिग बाश लिग खेलेका छन् । सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका छन् भने एक सिजन होबर्ट हुरिक्यान्सबाट खेलेका छन् ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया