युएस ओपनमा जोकिभिच स्तब्ध, तेस्रो चरणमै बाहिरिए

काठमाडौँ । पेरिस ओलम्पिकमा टेनिस स्वर्ण पदक जितेका नोभाक जोकोभिच युएस ओपनबाट बाहिरिएका छन् ।
नोभाक अष्ट्रेलियाका खेलाडी एलेक्सेई पोपिरिनसँग ४-६, ४-६, ६-२ र ४-६ को सेटमा पराजित भएसँगै युएस ओपनको तेस्रो चरणबाटै बाहिरिएका हुन् ।
यस वर्ष भएको विम्बल्डन ओपनको तेस्रो राउण्डमा जोकोभिच र पोपिरिनबीचको खेल भएको थियो, जसमा पोपिरिनले जोकोभिचसँग हार बेहोरेका थिए । तर युएस ओपनमा पोपिरिनले जोकोभिचलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएर सो हारको बदला लिएका छन् ।
एटीपी वरियतामा दोस्रो स्थानमा रहेका जोकोभिचलाई २८औं स्थानमा रहेका पोपिरिनले पराजित गरेका छन् ।
यस वर्ष, रोलान्ड ग्रोस र विम्बल्डन ओपन विजेता कार्लोस अल्काराजले पनि यूएस ओपनको दोस्रो चरणमा बोटिक भान डे जान्डस्चाल्पसँग हार बेहोरेका थिए । नोभाक यति छिट्टै युएस ओपनबाट बाहिरिएको सन् २०१७ यता पहिलो पटक हो ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया