सिन्का बेचेर जीवन निर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

टक्सार (भोजपुर) । इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बन्नुभएको छ– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्छन् ।
धनबहादुरमात्र होइन, उनका दालु रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दै आइरहेका थिए । धनबहादुरले भने, “विगतमा रु १० देखि २० मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ, अहिले भने रु एक सय २० सम्ममा बिक्री गर्दै आइरहेको छु ।” सिन्का बनाउन धेरै समय र मेहनत लाग्ने गरेको उनले बताए । उनले भने, “असी वर्ष पुग्न लाग्दा पनि पुरानो पेशा गरिरहेको छु, बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन् । धैरेले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन् ।”
आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेशामा लागेको धनबहादुर सुनाउछन् । उनि भन्छन् “अहिले त खाली युवाहरु विदेश जान तम्सिन्छन् तर, जोशजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन। ”
घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आएका उहाँले केही समयमा नै ती सिन्का बिक्री गरिसकेको बताए । उनले ती सिन्का बिक्रीबाट रु एक हजार पाँच सयमाथि कमाएको बताए । सिन्का बिक्रीबाट राईले घरका लागि नुन, तेल किन्न सहजता भएको बताए। यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उनको भनाइ छ ।
उनि भन्छन्, “अहिलेसम्म त भनेकाहरूलाई मैले सिन्का ल्याइदिएको छु, अब मैले छाडेपछि समस्या हुन्छ, त्यसपछि धार्मिक कार्यमा प्रयोग हुने दुनाटपरी कसरी बनाउने ।”
















सुनसान सिंहदरबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया