राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्ने माग

राँझा (बाँके)। बाँके र बर्दियाका वन तथा वन्यजन्तु संरक्षणकर्मी र जनप्रतिनिधिले राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । वन्यजन्तु, वातावरण र जलवायु अनुकुलतालाई आत्मसाथ नगरी गरिएको पूर्वाधार विकास दिगो नहुने भएकोले पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडकलगायतका संरचना निर्माण गर्दा सबैपक्षलाई ध्यान दिनुपर्ने उनीहरुको माग छ ।
बाँकेको कोहलपुरमा मङ्गलवार आयोजित पूर्वाधार विकासमा प्राकृतिक स्रोत संरक्षण मूलप्रवाहिकरणसम्बन्धी कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले वन्यजन्तुको संरक्षण गर्नु मानवको कर्तव्य भएकाले वन्यजन्तुमैत्री पूर्वाधार प्रवद्र्धनमा जोड दिए ।
“हामी सबै एक अर्काको परिपुरक हौैँ, यो कुरालाई अङ्गालेर जान सके समस्या हुँदैन”, मन्त्री कुर्मीले भने। आफू जुन क्षेत्रमा काम गर्छौँ त्यहि क्षेत्रलाई मात्रै मध्यनजर गर्दा अहिले समस्या देखिएको उल्लेख गर्दै मन्त्री कुर्मीले सबैको अस्तित्व स्वीकारेर आगामी दिनमा विकास र वातावरण संरक्षणका योजना अगाडि बढाएमात्रै दिगो विकास सम्भव हुने उल्लेख गरे ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले वनक्षेत्रमा अहिले विकासका नाममा निर्माण भएका सडकले वन्यजन्तु समस्यामा परेको बताए। एउटै गाउँ पुग्न अहिले पाँचवटा बाटो बनाउने अहिलेको कार्यशैलीले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको दाबी गरे ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले दिगो विकासका लागि नेपालमा वन्यजन्तुमैत्री पूर्वाधार प्रवद्र्धनमा जोड दिनुभयो । “वन्यजन्तु संरक्षणकर्मी विकास विरोधी होइनन्, सडकलगायतका पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री हुनुपर्छ”, उनले भने, “जथाभावी सडक संरचना निर्माण गर्दा वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न पाउँदैनन्, त्यसैले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जान्छ ।”
उनले राजमार्गमा सडकको मुनीबाट र सडक माथिबाट वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न सक्ने संरचना निर्माण गर्न जरुरी भएकोमा जोड दिए । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा अशोककुमार रामले निकुञ्जमात्रै नभएर वनक्षेत्रमा बन्ने संरचनामा पनि वन्यजन्तु सहज रुपमा आवत जावत गर्ने व्यवस्था हुनुपर्ने बताए ।
जथाभावी रुपमा पूर्वाधार निर्माणले सामाजिक, आर्थिक र वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबैपक्षलाई ध्यान दिएर मात्रै संरचना बनाउन सके मात्रै दिगो विकास हुने उल्लेख गरे ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया