पूर्वपश्चिम राजमार्गमा भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

वेदकोट (कञ्चनपुर)। पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन ।
व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन् । बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको छ ।
“ह्युम पाइपमाथि ग्राभेल राखेर कच्ची वैकल्पिक बाटो बनाइएको छ । लगातार गाडी चलिरहने हुनाले कच्ची बाटोमा धुलो उडेर आवातजावत गर्न समस्या हुन्छ”, स्थानीय डम्बर कार्कीले भने, “कल्भर्ट चाँडै बनाइदिए सजिलो हुुन्थ्यो ।” गत असार २३ गते राति अविरल वर्षासँगै आएको बाढीले राजमार्गको कल्भर्ट भत्काएको थियो ।
त्यसपछि सुडाचोकमा राजमार्ग भएर हुने आवातजावत नै ठप्प भएको थियो । कल्भर्ट भत्किएपछि राजमार्ग नजिकैको गाउँको वैकल्पिक बाटोबाट सवारीसाधन चलेका थिए । एक लेनको गाउँको सडकमा सवारीसाधन अत्यधिक चाप हुन थालेपछि दुर्घटनाको जोखिमले स्थानीयले गाउँको वैकल्पिक बाटोबाट गाडी चल्न दिएनन् ।
त्यसपछि कल्भर्ट भत्किएको नजिकै राजमार्गमै ह्युप पाइपमाथि ग्राभेलिङ भरान गरेर वैकल्पिक बाटो तयार पारिएपछि हाल सोही बाटो भएर यातायातका साधन सञ्चालन भइरहेका छन् । सवारीको चाप अत्यधिक हुनाले वैकल्पिक कच्ची बाटो धुलाम्मे हुने गरेको छ । सदरमुकाम महेन्द्रनगर आवतजावत गर्ने यात्रु र नजिकै बसोबास गर्ने स्थानीय तथा व्यापारी सडक धुलाम्मे हुँदा सास्ती भोगिरहेका छन् ।
चाँडै कल्भर्ट निर्माण नहुँदा धुलाम्मे बाटोमै जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको अटोचालक लालबहादुर विष्ट बताउनुहुन्छ । “सवारी तथा मालवाहक गाडी सबै त्यस्तै बाटो हुइकिन्छन् ।
गाडीको चाप र धुलो उड्ने हुनाले दुर्घटनाको जोखिम पनि भएकाले डराएर सवारी चलाउनुपरेको छ”, उनले भने, “धुलो उडेर राम्रोसँग बाटो नै देखिँदैन ।” सरकारले महेन्द्र राजमार्गमा भत्किएको ठाउँमा तत्काल कल्भर्ट निर्माण गरेर आवतजावत सहज बनाउनुपर्ने स्थानीयको माग छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलका अनुसार भत्किएको ठाउँमा कल्भर्ट निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ । “सर्भे, डिजाइन निर्माण र कागजपत्र मिलान गर्नुपर्दा कल्भर्ट पुनःनिर्माणको काम केही ढिलाइ भएको हो ।
अहिले प्राविधिक टोलीले डिजाइन दिएका छन्”, उनले भने, “त्यसको अध्ययन गरेर भदौ अन्तिमतिर डिजाइनले पूर्णता पाउँछ । त्यसपछि ठेक्का प्रक्रियामा गएर निर्माणको काम अघि बढ्छ ।” भत्किएको कल्भर्टको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर अहिले डिजाइनको खेस्रा तयार गरेको छ ।
विज्ञप्राविधिक टोलीबाट छ–छ मिटर लम्बाइको ‘डबल सेल’ कल्भर्ट निर्माण गर्नुपर्ने सुझावसहित प्रारम्भिक डिजाइन प्राप्त भएको इन्जिनियर सिग्देलले बताउनुभयो । यसअघि भत्किएको कल्भर्ट सात मिटर लम्बाइको एउटै थियो । डिजाइन तयार भएपछि नयाँ कल्भर्ट निर्माणका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिने छ ।
“आपत्कालीन अवस्थामा काम गर्न हामीसँग थोरै बजेट हुन्छ । त्यसले नयाँ कल्भर्ट निर्माण गर्न सक्ने अवस्था छैन”, इन्जिनियर सिग्देलले भन्नुभयो, “त्यसैले डिजाइन तयार भएपछि बजेटका लागि अर्थ मन्त्रालयमा फाइल पठाउँछौँ ।”
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया