बलिउड अभिनेता नवाजुद्दीन नेपालमा
मेरोन्यूज
२०८१ भदौ २२ गते १५:०८

काठमाडौं । बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन् । अभिनेता शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा ओर्लिएका हुन्।
फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आएका हुन्।
मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ ।
निर्देशक भाम र नवाजुद्दिनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो, जहाँ नवाजुद्दिनले ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए।
‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म बनेको थियो। फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी छन्।
फिल्म नेपालमा भदौ २८ देखि प्रदर्शनमा आउने छ ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया