गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण

सिन्धुपाल्चोक । यहाँको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पुर्याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुङ्गे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्याएको थियो । बाढीले गाउँपालिकाको तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो ।
बाढीले क्षति पुर्याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुनःनिमार्ण भईसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । बाढीले क्षति पुर्याएको माकालमा भने मोटरेबल पुल निमार्ण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताए ।
वडा नं २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुङ्गे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताए । तामाङका अनुसार विद्यार्थी, स्थानीय र धार्मिकस्थल आमायाङ्ग्री जाने पर्यटकलाई समस्या भएको थियो ।
पुलमा क्षति पुगेपछि सङ्घ र प्रदेश सरकारलाई पटक/पटक आग्रह गरेपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष लामाले बताए । कतैबाट सुनुवाइ नभए पछि गाउँपालिकाकै स्रोत र साधनबाट पुल पुनः निमार्णको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।
सो पुलमा विसं २०७८ असार १ गतेको बाढीलेसमेत क्षति पु¥याएको थियो । तात्कालीन अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरी पुल निमार्ण गरिएको थियो । त्यसको तीन वर्ष नबित्दै पुनः बाढीले क्षति पु¥याएको हो । एक सय ६२ मिटर लामो पुल रु ३४ लाख लागतमा पुनःनिर्माण गरिएको छ । त्यस्तै वडा नं १ र ६ जोड्ने चिण्डे ६५ मिटर लामो पुल रु १३ लाखमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया