सलमानले लगाए १६७ करोडको घडी

काठमाडौं । बलिउड अभिनेता सलमान खानले हालै अमेरिकी लक्जरी घडी र ज्वेलरी ब्रान्ड ज्याकब एण्ड कम्पनीका मालिक ज्याकब अरबोलाई भेटेका थिए।
यस अवसरमा ज्याकबले सलमानलाई आफ्नो लक्जरी घडी बिलिनियर थ्री लगाउन लगाएका थिए। ७१४ सेतो हीरा जडित यो घडीको मूल्य १६७ करोड रुपैयाँ भारु छ ।
सलमानलाई घडी लगाएकाे भिडियो आफ्नो इन्स्टा अकाउन्टमा शेयर गर्दै ज्याकबले लेखेका छन् ‘, मैले अहिलेसम्म कसैलाई बिलिनियर लगाउन दिइन, तर सलमान अरूभन्दा फरक छन्।’
क्लिपमा ज्याकबले सलमानलाई आफ्नै हातले घडी लगाउन लगाएको देखिन्छ। घडी लगाएपछि सलमानले उनलाई अँगालो हालेर क्यामेरातिर हात देखाएका थिए ।
क्रिस्टियानो रोनाल्डो लगायत धेरै सेलिब्रेटीहरूले ज्याकोब अरबो बिलिनियर थ्री लग्जरी घडी लगाउँछन् जसको मूल्य रु १६७ करोड भारु पर्ने बताइन्छ । यस घडीमा १५२ वटा सेतो हीरा र ७६ वटा हीरा जडिएका छन्। साथै घडीको ब्रेसलेटमा ५०४ सेतो कट हीरा जडान गरिएकाे छ।














शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया