सलमानले लगाए १६७ करोडको घडी

काठमाडौं । बलिउड अभिनेता सलमान खानले हालै अमेरिकी लक्जरी घडी र ज्वेलरी ब्रान्ड ज्याकब एण्ड कम्पनीका मालिक ज्याकब अरबोलाई भेटेका थिए।
यस अवसरमा ज्याकबले सलमानलाई आफ्नो लक्जरी घडी बिलिनियर थ्री लगाउन लगाएका थिए। ७१४ सेतो हीरा जडित यो घडीको मूल्य १६७ करोड रुपैयाँ भारु छ ।
सलमानलाई घडी लगाएकाे भिडियो आफ्नो इन्स्टा अकाउन्टमा शेयर गर्दै ज्याकबले लेखेका छन् ‘, मैले अहिलेसम्म कसैलाई बिलिनियर लगाउन दिइन, तर सलमान अरूभन्दा फरक छन्।’
क्लिपमा ज्याकबले सलमानलाई आफ्नै हातले घडी लगाउन लगाएको देखिन्छ। घडी लगाएपछि सलमानले उनलाई अँगालो हालेर क्यामेरातिर हात देखाएका थिए ।
क्रिस्टियानो रोनाल्डो लगायत धेरै सेलिब्रेटीहरूले ज्याकोब अरबो बिलिनियर थ्री लग्जरी घडी लगाउँछन् जसको मूल्य रु १६७ करोड भारु पर्ने बताइन्छ । यस घडीमा १५२ वटा सेतो हीरा र ७६ वटा हीरा जडिएका छन्। साथै घडीको ब्रेसलेटमा ५०४ सेतो कट हीरा जडान गरिएकाे छ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया