फेदी पहिरो स्घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध

त्रिशूली (नुवाकोट)। नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध भएको छ ।
तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउदा एकबस्तीबाट अर्को बस्तीसँगको सम्पर्कसमेत टुटेको छ । घ्याङ्फेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङका अनुसार दुप्चेश्वर-७ शिखरबैँसीबाट दुप्चेश्वर – १ कुदुङस्थित घ्याङ्फेदी जाने मूल सडक खोलाले पूरै कटान गरेको छ । उक्त स्थानबाट आउतजावत गर्न सक्ने अवस्था दुप्चेश्वर-१ घ्याङ्फेदीको अन्य बस्तीसँगको सडक सम्पर्क अवरुद्ध भएको हो ।
उक्त वडालाई जोडन् वैकल्पिक सडक तथा बाटोसमेत नहुँदा उद्धार तथा क्षतिको लगत लिनको लागि पुगेको टोली घ्याङ्फेदी जानबाट रोकिएको छ । सडक र बाटोको आउजाउ नहुँदा वडा नं १ घ्याङ्फेदीका एक हजार छ सय घरधुरी परिवारको वडा भन्दा बाहिरको आउजाउ पूर्ण रुपमा बन्द भएको छ ।
पहिरोले तीनवटा झोलुङ्गे पुल बगाएको छ । खेतीयोग्य जग्गा कटान गरेर सयौँ रोपनीमा लगाएको बालीलाई क्षति पुर्याएकाे छ । फेदीमा आएको पहिरोले तालु र कसेरी जोड्ने झोलुङ्गे पुल, शिशिपु र कसेरी जोड्ने झोलुङ्गे पुल र फेदी र घोप्टेभीर जोड्ने काठको पुल बगाएको हो । प्रभावित स्थानमा जाने मूल सडक अवरुद्ध भएको र बस्ती जोड्ने पुलसमेत बगाएकाले क्षतिको थप विवरण आउन बाँकी रहेको दुप्चेश्वर गाउँपालिका अध्यक्ष शङ्कर थापाले जानकारी दिए ।
उनका अनुसार त्यस ठाउँमा जानसक्ने अवस्था नभएपछि सोही वडाका जनप्रतिनिध, कर्मचारी, विद्यालयका शिक्षकलाई उद्धार तथा क्षतिको विवरण लिन परिचालन गरिएको छ । पहिरोको गेगरले तादी खोलाको बहाव बढेसँगै सूर्यकुण्ड जलविद्युत् आयोजनाको पाइपलाइन विस्तारको लागि बनाएको पर्खालसमेत बगाएको छ । सुख्खा पहिरो बगेकोलगत्तै आएको अविरल वर्षाको कारण गएराति तादी खोलाको बहाब दोब्बरले बढेको थियो । होटल व्यवसायी पेम्बा लामाको अनुसार फेदी नजिकै बगेका साना ठूला चारवटा पहिरोले गएराति तादी खोलामा बाढी आएको हो ।
गेगर (लेदो) सहितको बाढी आएकाले तादी खोलाको तटीय क्षेत्र आसपासमा सावधानी अपनाउन दुप्चेश्वरका अध्यक्ष थापाले अपिल गरेका छन् । पहिरो अझै थपिने र तादी खोलाको बहाव ठूलो हुनसक्ने जोखिम भएकाले दुप्चेश्वर गाउँपालिकाको रामतीबजारदेखि समुद्रटार बजार, भ्याङ्ले, सातबिसे, आप्रह, ढिकुरेहुँदै विदुर नगरपालिका-५ स्थित देवीघाट बजारसम्मका तादी खोलाकोतटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन नुवाकोट प्रशासनले अपिल गरेको छ ।
















दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
Thailand votes after three prime ministers in two years
राष्ट्रियसभा बैठक सुरु
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया