एसियाली ट्रायलका पदक विजेता खेलाडीको स्वागत

काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई बुधबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ।
मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ कांस्य पदक जितेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, वरिष्ठ उपाध्यक्ष खत्रीलगायतका पदाधिकारीले खेलाडीलाई बधाइ दिदै स्वागत गरे ।
महिला ७८ किलोमिटर दूरी प्रिया राईले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन् । रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय लगाइन् । महिलामा नेपालबाट ५ खेलाडीले सहभागिता जनाएकोमा छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए ।
पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १० औं, लोकेन्द्र राईले १४ औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७ औं स्थानमा दौड टुंगाए । समूहमा भने नेपालको पुरुष÷महिला दुवै टिम पहिलो भएको वरिष्ठ उपाध्यक्ष खत्रीले जानकारी गराए ।











आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया