एसियाली ट्रायलका पदक विजेता खेलाडीको स्वागत

काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई बुधबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ।
मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ कांस्य पदक जितेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, वरिष्ठ उपाध्यक्ष खत्रीलगायतका पदाधिकारीले खेलाडीलाई बधाइ दिदै स्वागत गरे ।
महिला ७८ किलोमिटर दूरी प्रिया राईले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन् । रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय लगाइन् । महिलामा नेपालबाट ५ खेलाडीले सहभागिता जनाएकोमा छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए ।
पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १० औं, लोकेन्द्र राईले १४ औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७ औं स्थानमा दौड टुंगाए । समूहमा भने नेपालको पुरुष÷महिला दुवै टिम पहिलो भएको वरिष्ठ उपाध्यक्ष खत्रीले जानकारी गराए ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया