कंगना भन्छिन्- सांसदको याे कार्यकाल भित्रै बिहे गर्छु, पछि गरेर फाइदा छैन

काठमाडौं । कंगना रनौत यतिबेला आफ्नो फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन् । यसैबीच एक अन्तर्वार्ताका क्रममा कंगनाले आफ्नो विवाहबारे बोलेकी छिन् ।
न्युज १८ लाई दिएको अन्तर्वार्तामा कंगना रनौतले आफु बिहे गर्न चाहेको बताइन् । कंगनालाई यो सांसदको कार्यकालमा बिहे गर्ने हो भनेर सोधिएको थियो ? जवाफमा उनले भनिन्, ‘आशा छ, किनभने त्यसपछि बिहे गरेर कुनै फाइदा छैन ।’
कंगनालाई फेरी बिहे कहिले गर्ने भनि सोधिएकाे थियाे । यसको जवाफ दिँदै अभिनेत्रीले हाँस्दै भनिन्, ‘पहिले मेरो फिल्म रिलिज गर, त्यसपछि अर्को पटक भन्छु । चिराग पासवानको बारेमा सोधिएको प्रश्नमा कंगनाले भनिन्, ‘हामीबीच त्यस्तो केही छैन, उनी मेरो असल साथी हुन् । हामीले सँगै फिल्म पनि गरेका छौं, उहाँ एकदमै नम्र व्यक्ति हुनुहुन्छ।
कंगना रनौत फिल्म ‘इमर्जेन्सी’ मा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । यो चलचित्रको निर्देशन पनि उनले नै गरेकी हुन् । कंगनाले हालै आफ्नो नयाँ फिल्म ‘भारत भाग्य विधाता’को पनि घोषणा गरेकी छिन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया