‘चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप’ उपाधि भ्याली भ्यु स्कुललाई

काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको ‘चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप’को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलले जितेको छ।
संविधान दिवस अवसर पारेर स्वर्णिम स्कुल डल्लुमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा भ्याली भ्यु स्कुलले पुष्पसदन बोर्डिङ स्कुललाई ७५–६५ को स्कोरले पराजित गर्दै उपाधि हासिल गरेको हो।
भ्याली भ्यु स्कुलका खेलाडी गणेश बिष्टले फाइनल खेलमा एक्लैले ३९ स्कोर गर्दै ‘म्यान अफ द म्याच’को ट्रफी हात पार्न सफल भए। भ्याली भ्यु स्कुलका बास्केटबल कोच अजित महर्जन र इची महर्जनले स्कुलमा बास्केटबलको नियमित प्रशिक्षणको व्यवस्था भएका कारण राम्रा खेलाडी उत्पादन भइरहेको र च्याम्पियनसिपको उपाधिसमेत जित्न सकिएको प्रतिक्रिया दिएका छन्।
च्याम्पियनसिपमा दोस्रो स्थान पुष्पसदन बोर्डिङ स्कुल र तेस्रो स्थान स्वर्णिम स्कुलले हात पारेका छन्। कीर्तिपुर बास्केटबल एसोसियसनले हरेक वर्ष विद्यालय स्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया