एसईई पूरक परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा (ग्रेडवृद्धि) को नतिजा साेमबार प्रकाशन गरेको छ । पूरक परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।
पूरक परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थीमध्ये १ लाख १९ हजार ४२५ जना उत्तीर्ण भएका छन् ।
एसईईमा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधनसहित) लागू गरेको थियो । निर्देशिकाअनुसार परीक्षार्थीले बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ ।
सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्ने परीक्षार्थीलाई ग्रेडिङ गरिएको थियो ।
परीक्षाफलकाे नतिजा IVR र SMS मार्फत, राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट www.neb.com र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० काे वेबसाइट see.gov.np मा हेर्न सकिन्छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया