नाजिर हुसेन अभिनित फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित

काठमाडौँ। अभिनेता नाजिर हुसेनको शिर्ष भूमिका रहेको फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित भएको छ ।
नाजिरको ट्रान्सवुमनको भूमिका रहेको यस फिल्म आगामी कात्तिक ९ गतेको प्रदर्शन मिति स्थगित भएको निर्देशक समुन्द्र भट्टले जनाएकी छन् । उनले नयाँ प्रदर्शन मिति पछि घोषणा गरिने बताएकी छन् ।
उनले भनेकी छन्- ‘हाम्रो चलचित्र गुन्यो चोलो (दि ड्रेस ) जुन,कार्तिकको ९ गते रिलिज हुने भनी घोषणा गरिएको थियो केही विशेष तयारी गर्ने योजना भएको कारणले केहि समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौं संगै एउटा ठुलो खुसीको खबरका साथ नयाँ रिलिज डेट संगै हामी फेरि पनि आउने छौँ । हामीलाई तपाईंहरूले दिनु भएको माया र साथप्रति निकै नै आभारी छौँ । त्यसको लागि तपाईंहरुलाई धेरै धेरै धन्यवाद । हामी अझै केही विशेष र भब्य लिएर आउने बाचा गर्दछौं ।’
यस फिल्ममा नाजिरसहित सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं आदिको अभिनय छ । फिल्ममा निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन रहेको छ ।
यो फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्मातामा छन् । फिल्मका छायाँकार भने अलोक शुक्ला हुन् ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया