ओमानमाथि नेपालको सहज जित

काठमाडौं । नेपालले ओमानमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुदै १३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो ।
ओमानका लागि शोएब खानले सर्बाधिक ४५ रन बनाए भने राफिउल्ल्हले ३३ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर करण केसीले ३ व्केट लिएका थिए भने कुशल भुर्तेल र गुलशन झाले २-२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७-२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए ।
यो नेपालको सिरिजमा दोस्रो खेलमा पहिलो जित हो । अब नेपालले यस सिरिजमा अर्को खेल मंगलबार क्यानडासँग र बुधबार ओमानसँग खेल्ने छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया