खोलाले बगाएका चौधरीको शव भेटियो
मेरोन्यूज
२०८१ असोज १४ गते १३:२०

दमक(झापा) । किस्ने खोलाले बगाएर बेपत्ता भएका झापा कमल गाउँपालिका -१ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि मृत अस्थामा भेटिएका छन् ।
प्रहरी टोली र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ः३० बजे आसपास चौधरीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलदेखि करिब तीन किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा चौधरीको शव फेला परेको हो ।
अविरल वर्षापछि आएको बाढीले शुक्रबार चौधरी बेपत्ता हुनुभएको थियो । बाढीले जिल्लामा चौधरीसहित तीन जना बेपत्ता भएका थिए । यसमध्ये कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशीको आइतबार र गौरीगञ्जका केमालाल ताजुरियाको शनिबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताए।
सम्बन्धित













सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया