कोरियाको राष्ट्रिय दिवसमा उपराष्ट्रपति सरिक

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि उक्त देशका राजदूत तेयोङ पार्कले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा सरिक हुने भएका छन् । त्यस अवसरमा राजदूत तेयोङले हालैको बाढीपहिराबाट भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कोरिया सरकार र जनताका तर्फबाट हार्दिक सहानुभूति एवं ऐक्यबद्धता प्रकट गरे ।
कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको चर्चा गर्दै राजदूत तेयोङले द्विदेशीय मैत्री एवं सहयोग विस्तारका निम्ति आफू प्रतिबद्ध रहेको बताए । उनले नेपालमा अधिकभन्दा अधिक लगानी भित्र्याउन आफू क्रियाशील रहेको भन्दै सामसङ र हुन्डेजस्ता ठूला कम्पनीका उत्पादन नेपालमा प्रारम्भ भएसँगै नेपालीले स्वदेशमा नै रोजगारीका अवसर पाउन थालेका छन् भने ।
नेपालमा थप कोरियाली लगानी आकर्षित गर्न द्विपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता अपरिहार्य भएको चर्चा गर्दै राजदूत तेयोङले नेपालसँग आफ्नो मुलुकले निर्माण साझेदारी, जलविद्युत् आयोजना निर्माण, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति, सडक, अस्पताल, व्यावसायिक भवन निर्माणलगायत भौतिक विकासका परियोजना कार्यान्वयन गरेको बताए ।
रोजगार अनुमति प्रणालीअन्तर्गत सन् २००७ यता एक लाखभन्दा बढी नेपालीले कोरियामा रोजगारी पाएका तथा हाल कोरियामा ७० हजार नेपाली रहेको भन्दै उनीहरूबाट जनस्तरको सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिलेको छ भने । समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको लक्ष्यका साथै सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नत हुने र त्यसपछि यसको दिगोपना सुनिश्चित गर्न कोरियाले सक्दो सहयोग गर्ने राजदूत तेयोङले बताए । समारोहमा कोरियाली संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया