‘कल्की’अभिनेता राजेन्द्र प्रसादकी छोरीको निधन
मेरोन्यूज
२०८१ असोज २१ गते १२:५४

काठमाडाैं । प्रभास र अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ मा देखिएका तेलुगु अभिनेता राजेन्द्र प्रसादकी छोरी गायत्रीको निधन भएको छ ।
अभिनेताकी छोरीको मृत्युपछि अल्लु अर्जुन र चिरञ्जीवीलगायत साउथ फिल्मका धेरै कलाकार राजेन्द्रलाई भेट्न उनको घर आएका थिए ।
३८ वर्षीया गायत्रीलाई शुक्रबार राति छातीमा दुखाइ भएपछि उनलाई तत्कालै हैदरावादको एआईजी अस्पताल लगिएको थियो । त्यतिबेला राजेन्द्र प्रसाद सुटिङमा व्यस्त थिए । खबर पाएलगत्तै उनी तत्काल अस्पताल पुगेका थिए । अस्पतालमा उपचारकै क्रममा गायत्रीको शनिबार बिहान हृदयघात भएर निधन भएको हो ।
खबरका अनुसार गायत्रीले बुवा राजेन्द्र प्रसादको इच्छाविपरीत बिहे गरेकी थिइन् जसका कारण बाबु छोरीको सम्बन्धमा चिसोपन आएको थियो । तर, सन् २०१८ मा दुवैबीच मेलमिलाप भएको थियो ।
सम्बन्धित










हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी, दुई राष्ट्रियकार्य योजनाको मस्यौदा तयार
४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया