‘कल्की’अभिनेता राजेन्द्र प्रसादकी छोरीको निधन
मेरोन्यूज
२०८१ असोज २१ गते १२:५४

काठमाडाैं । प्रभास र अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ मा देखिएका तेलुगु अभिनेता राजेन्द्र प्रसादकी छोरी गायत्रीको निधन भएको छ ।
अभिनेताकी छोरीको मृत्युपछि अल्लु अर्जुन र चिरञ्जीवीलगायत साउथ फिल्मका धेरै कलाकार राजेन्द्रलाई भेट्न उनको घर आएका थिए ।
३८ वर्षीया गायत्रीलाई शुक्रबार राति छातीमा दुखाइ भएपछि उनलाई तत्कालै हैदरावादको एआईजी अस्पताल लगिएको थियो । त्यतिबेला राजेन्द्र प्रसाद सुटिङमा व्यस्त थिए । खबर पाएलगत्तै उनी तत्काल अस्पताल पुगेका थिए । अस्पतालमा उपचारकै क्रममा गायत्रीको शनिबार बिहान हृदयघात भएर निधन भएको हो ।
खबरका अनुसार गायत्रीले बुवा राजेन्द्र प्रसादको इच्छाविपरीत बिहे गरेकी थिइन् जसका कारण बाबु छोरीको सम्बन्धमा चिसोपन आएको थियो । तर, सन् २०१८ मा दुवैबीच मेलमिलाप भएको थियो ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया