पाल्पामा दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु

रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । ज्योतिपुञ्ज क्लबको २८औँ वार्षिकोत्सवको अवसर आयोजित दोस्रो संस्करणअन्तर्गत प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा रुपन्देही, पोखरा, काठमाडौंँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका १० क्लबका खेलाडी सहभागी छन् । प्रतियोगितामा गन्नी फुटबल क्लब (पोखरा), देवदह ब्वाईज (रुपन्देही), आयोजक ज्योतिपुञ्ज युवा क्लब, होराइजन क्लब (वालिङ(, भैरव स्पोट्र्स (नवलपरासी), युनाइटेड युथ क्लब गिरवारी (पूर्वीनवलपरासी), फर्साटिकर फुटबल क्लब (रुपन्देही), त्रिशक्ति युथ क्लब (काठमाडा), २८ बिघा युथ क्लब (कावासोती–पूर्वी नवलपरासी)र न्यू युथ युनियन तानसेन (पाल्पा) ले प्रतिस्पर्धा गर्दैछन् ।
शनिबार भएको उट्घाटन खेलमा फर्साटिकर युथ क्लब र भैरव स्पोट्र्स क्लबबीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईब्रेकरमा गएको थियो । फर्साटिकर क्लबले भैरव क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको खेल संयोजक अनिल शाहीले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद रु तीन लाख तीन हजार तीन सय ३३ र उपविजेताले रु एक लाख ७७ हजार सात सय ७७ रकमसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडीलाई रु १५ हजार पाँच सय ५५ र प्रत्येक विधामा रु सात हजार सात सय ७७ व्यवस्था गरिएको खेल संयोजक शाहीले जानकारी दिए।
यही कात्तिक १० गतेसम्म रामपुर–७ किसानबारीस्थित ज्योतिपुञ्ज खेल मैदानमा हुने प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ । आजको पहिलो खेलमा बिहान २८ बिघा युथ क्लब नवलपुर र होराईजन युथ क्लब वालिङले प्रतिस्पर्धा गर्दैछन् । दोस्रो खेलमा आयोजक ज्योतिपुञ्ज युवा क्लब र युनाईटेड युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया