रेमो डिसुजा र उनकी श्रीमतीविरुद्ध ठगीको आरोपमा मुद्दा दायर
मेरोन्यूज
२०८१ कार्तिक ४ गते १८:३८

काठमाडौं । बलिउडका चर्चित कोरियाग्राफर एवं निर्देशक रेमो डिसूजा, उनकी श्रीमती लिजेल डिसूजा समेत ७ जनामाथि एउटा नृत्य समूहले धोकाधडीको उजुरी दर्ता गरेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार महाराष्ट्रको ठाणे जिल्लामा उनीहरू विरूद्ध उजुरी दर्ता भएको हो। उनीहरूमाथि ११ करोड ९६ लाख भारू ठगेको आरोप छ।
मिडिया रिपोर्टका अनुसार यो मुद्दा २६ वर्षीया डान्सरको उजुरीमा दर्ता गरिएको हो।
उजुरीका अनुसार डान्सर र उसको ग्रुपसँग सन् २०१८ देखि सन् २०२४ को बीचमा धोकाधडी भएको हो। यस ग्रुपले टिभीको एउटा शोमा प्रदर्शन गरेर जीत पनि हासिल गरेको थियो। रेमो र उनको समूहले पीडितहरूको समूह आफ्नो हो भन्ने देखाएर शोमा जितेको ११ करोड ९६ लाख भारूको पुरस्कार राशि हत्याएको आरोप लगाइएको छ।
सम्बन्धित










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया