रेमो डिसुजा र उनकी श्रीमतीविरुद्ध ठगीको आरोपमा मुद्दा दायर
मेरोन्यूज
२०८१ कार्तिक ४ गते १८:३८

काठमाडौं । बलिउडका चर्चित कोरियाग्राफर एवं निर्देशक रेमो डिसूजा, उनकी श्रीमती लिजेल डिसूजा समेत ७ जनामाथि एउटा नृत्य समूहले धोकाधडीको उजुरी दर्ता गरेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार महाराष्ट्रको ठाणे जिल्लामा उनीहरू विरूद्ध उजुरी दर्ता भएको हो। उनीहरूमाथि ११ करोड ९६ लाख भारू ठगेको आरोप छ।
मिडिया रिपोर्टका अनुसार यो मुद्दा २६ वर्षीया डान्सरको उजुरीमा दर्ता गरिएको हो।
उजुरीका अनुसार डान्सर र उसको ग्रुपसँग सन् २०१८ देखि सन् २०२४ को बीचमा धोकाधडी भएको हो। यस ग्रुपले टिभीको एउटा शोमा प्रदर्शन गरेर जीत पनि हासिल गरेको थियो। रेमो र उनको समूहले पीडितहरूको समूह आफ्नो हो भन्ने देखाएर शोमा जितेको ११ करोड ९६ लाख भारूको पुरस्कार राशि हत्याएको आरोप लगाइएको छ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया