आफ्नाे सन्तान नभएकाेमा भावुक भए अनुपम खेर

काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले किरण खेरसँग सन् १९८५ मा विवाह गरेका थिए । दुवैको प्रेमको निकै चर्चा भएको थियो।
हालै अनुपमले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् । एक पोडकास्टमा अनुपम खेरलाई सोधिएको थियो कि, तपाईंलाई आफ्नो बच्चा नभएकाेमा दुख लाग्छ ? जवाफमा अनुपमले भने, ‘अवश्य पनि, मलाई मेरो आफ्नै सन्तान नहुँदा दुख लाग्छ । यस्ताे पहिला हुँदैन थियाे, तर पछिल्ला ८-१० वर्षदेखि म एक्लो महसुस गर्दैछु। मेरा छोराछोरी सानादेखि ठूला हुँदै गएको देखेको भए सायद त्यो खुशी अर्कै हुने थियो । म यो कुरा इमान्दारीपूर्वक भन्दैछु।’
अनुपम खेरले थप भने, ‘म मेरो जीवनमा धेरैजसो समय व्यस्त थिएँ, तर अहिले ५०–५५ वर्षको उमेरमा मलाई एक शून्यता महसुस भएको छ । किरण र सिकन्दर पनि आ-आफ्नो जीवनमा व्यस्त भएकाले पनि यस्ताे भएकाे हाे।’
अनुपमले आफ्नो पहिलो श्रीमती मधुमालती र किरणले आफ्ना पती व्यापारी गौतम ब्यारीसँग सम्बन्धविच्छेद गरेपछि सन् १९८५ मा दुवैले एकअर्कासँग विवाह गरेका थिए । उनीहरुले विवाह गर्दा किरणका छोरा सिकन्दर चार वर्षका थिए ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया