रामजानकी विवाह महोत्सव आयोजना गर्न समिति गठन

जनकपुरधाम। मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जनकपुरधाममा आगामी मङ्सिर २१ गते आयोजना हुने रामजानकी विवाह महोत्सवलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारीको विवरण तयार पार्न शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले महोत्सवअन्तर्गत गरिने कार्यक्रम, आयोध्याबाट आउने जन्तीका लागि वासलगायतका गृहकार्य, मेला भर्न आउने श्रद्धालुभक्तजना तथा साधुसन्तका लागि वास प्रबन्ध आदिका विषयमा गर्नुपर्ने कामका बारेमा सरकारलाई प्रतिवेदन दिनुपर्ने गरी गठन गरिएको सो समितिमा स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह, खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, उद्योग र वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँ सदस्य रहेका छन्।
त्रेतायुगमा आध्योध्या नरेश दशरथका पुत्र रामचन्द्र र मिथिला नरेश जनक नन्दिनी जानकीबीच विवाह भएको स्मरणमा जनकपुरधाममा मङ्सिर शुक्ल पञ्चमीका दिन रामजानकी विवाहोत्सव मनाइन्छ।
रामजानकी विवाहोत्सवका अवसरमा जनकपुरधाममा साताव्यापी विभिन्न कार्यक्रमका साथ वैवाहिक विधिविधान पुरा गर्ने गरिन्छ । नगर दर्शनबाट सुरु हुने विवाह महोत्सवका क्रममा नगर दर्शन, फुलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा आदि गरिन्छ।
महोत्सवमा सहभागी हुन देशविदेशका लाखौँ श्रद्धालुभक्तजन तथा साधुसन्त जनकपुरधाम आउने गर्छन्। प्रदेश सरकारले गठन गरेको समितिले विवाह महोत्सवलाई व्यवस्थित, सहज र आकर्षक बनाउन आवास, भोजन, खानेपानी, शौचालय, विद्युत्, स्वास्थ्यसेवा, यातायात, सुरक्षा आदिका लागि गर्नुपर्ने कामको विस्तृत विवरण तयार गर्नेछ।
















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया