त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज
कुशल भुर्तेलको दोस्रो अर्धशतकसँगै मलेसियामाथि नेपालको सानदार जित
मेरोन्यूज
२०७८ वैशाख ६ गते १५:५६

काठमाण्डौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेको छ ।
सोमबार भएको खेलमा मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले एक विकेट गुमाएर १२ ओभर १ बलमा पूरा गर्दै जित हासिल गरेको हो ।
लगातार दोस्रो अर्धशतक प्रहार गरेका कुशल भुर्तेलले ६१ रनको अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा एक सय दुई रनको साझेदारी गरे ।
यसअघि टस हारेर ब्याटिङ गरेको मलेसिया १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नौ रन बनाएको थियो ।
नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो, नेपालले मङ्गलवार ९भोलि० नेदरल्याण्ड्सँग खेल्नेछ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया