भारतको जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा ११ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख ८ गते १५:१०

भारत । भारतको महाराष्ट्रमा रहेको जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा अक्सिजनको आपूर्ति ३० मिनेट रोकिएको छ । उक्त घटनामा हालसम्म ११ जना बिरामीको मृत्यु भएको र करिब ३५ जना बिरामीको अवस्था नाजुक रहेको महानगरपालिकाका आयुक्त कैलाश जाधवले पुष्टि गरेका छन् ।
अक्सिजनको आपूर्ति रोकिएको बेला १७१ जना बिरामी अक्सिजनमा ६७ बिरामी भेन्टिलेटरमा रहेको बताइएको छ । अक्सिजन आपूर्ति रोकिँदा अस्पतालमा भागदौड मच्चिएको जनाइएको छ । भारतीय मिडियाका अनुसार ट्यांकबाट आउने सप्लाई पाइपमा लिकेज भएको थियो । उक्त समस्या हल गरिसकेको जनाइएको छ ।
यसका कारण २० किलो तरल अक्सिजन बर्बाद भएको थियो । घटनाबारे अस्पतालको साथै जिल्ला प्रशासनले जाँच शुरु गरेको छ ।
सम्बन्धित









आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया