मलेसियाविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि फराकिलो अंकले जित हासिल गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि पहिलो इनिङमा नेपालले ब्याटिङ गरेको थियो । नपालले करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।
नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन जोडेका थिए । उनले ७ छक्काको मद्दतमा सो रन बनाएका हुन् । यस्तै, आसिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे । मलेसियाका लागि फित्री शाम, अनवर रहमान र शयद अजिजले दुई–दुई विकेट लिए भने मुहम्मद वाफिकले एक विकेट हासिल गरे ।
२१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया २० औं ओभरको पहिलो बलमा सबै विकेट गुमाएर १४८ रनमा सीमित रह्यो । मलेसियाका लागि अमिनुद्दीन रमलेले ४१, अहमद फैजले ३१ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र कमल ऐरीले तीन–तीन विकेट लिए भने सुशन भारीले एक विकेट लिए ।
लिग चरणमा ६ अंकका साथ नेपाल शीर्ष स्थानमा पुगेको छ भने ५ अंकका साथ मलेसिया दोस्रो स्थानमा छ । उपाधिका लागि यी दुई शीर्ष टोलीबीच भिडन्त हुनेछ ।












यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया