बुधबार, वैशाख १७, २०८२

पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

मेरोन्यूज २०८१ पुष ४ गते १५:४९

काठमाडौँ । राष्ट्रिय समाचार समिति९रासस०का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडितको उपचारमा रहेका रासस अङ्ग्रेजी सम्पादन शाखाका पूर्वप्रमुख राणाको भोपालस्थित सिद्धान्त सुपरस्पेसिलिटी अस्पतालमा आज बिहान निधन भएको उनका भाई प्रभात शम्शेर राणाले जानकारी दिए। स्व राणाको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

सन् १९४४ सेप्टेम्बर २७ मा काठमाडौँमा जन्मनुभएका राससका पूर्वसम्पादकसमेत रहेका राणा सेवा निवृत्तपछि भोपाल बस्दै आएका थिए। उनका दुई छोरा हुनुहुन्छ ।

प्रतिक्रिया