त्रिदेशीय टी–२० क्रिकेटको उपाधि नेपाललाई

काठमाडौँ । नेपालले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि हात पारेको छ । नेपालले नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले उपाधि पाएको हो । नेदरल्यान्ड्समाथी विजय हुदै नेपालले २०१० पछि घरेलु मैदानमा पहिलो उपाधि हात पारेको छ ।
नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल, कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङको मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर हो । यसअघि नेपालले दुई पटक २०० रन कटाएको थियो भने १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रन बनाए । ५५ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । कुशल मल्लले अविजित ५० रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरी ४८ रनमा नटआउट रहे । कुशल र दीपेन्द्रले चौथो विकेटका लागि अविजित ७७ रनको साझेदारी गरे । २० बलमा ५० बल बनाएका कुलशको टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो अर्धशक हो । १८ बलमा ४८ रन बनाएका दीपेन्द्र भने अर्धशतक बनाउन दुई रनले चुके । कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ र आसिफ शेखले ८ बलमा १६ रन जोडे ।
ब्याटिङमा नेदरल्याण्डका दुई खेलाडी रन आउट भएका थिए । नेदरल्याण्डका २ विकेट कमल ऐरीले लिए । यस्तै करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । यसैगरी अविनाश बोहोराले १ विकेट लिए ।
टस जितेर पहिले बलिङ गरेको नेदरल्याण्डका तर्फबाट फिलिपे बोसेभाइनले नेपालका २ विकेट लिएका थिए । नेदरल्यान्ड्सका लागि म्याक्स ओुडाउडले २० रन, कप्तान पिटर सीलारले १३ रन र सेबास्टियन ब्रातले नटआउट २६ रन जोडे । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।
ट्वान्टी-२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो । ११ वर्ष अगाडि विश्व क्रिकेट लिग डिभिजन ५ जितेयता नेपालले घरेलु मैदानमा उपाधि जितेको थिएन ।
नेपाल, नेरदल्याण्ड्स र मलसियाबीच भएको त्रिदेशीय शृङ्खलाको उपाधि नेपालले प्राप्त गरेको हो । त्रिदेशीय शृङ्खला वैशाख ४ गतेदेखि सुरुभएको थियो ।










जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित
सुशासन प्रवद्र्धन र निर्वाचनको अभिभारा पूरा गर्ने सरकारको मुख्य जिम्मेवारीः गृहमन्त्री
पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
लुम्बिनीलाई काठमाडाैंले दियो १५८ रनको लक्ष्य
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
एनपीएलः सोमबार दुई खेल हुने
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
प्रतिक्रिया