समीक्षा अधिकारीको गुनासो– श्री एयरलायन्सबाट धोका पाएँ

काठमाडौं । गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सबाट धोका पाएको भन्दै गुनासो गरेकी छन् ।
आइतबार सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै गायिकाले यस एयरलाइन्सको कारण आफ्नो कार्यक्रम छुटेको बताइन् ।
‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो । तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलाइन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ । अन्य एयरलाइन्सले धमाधम प्लेन उडाइरहेका छन्’, उनले लेखेकी छन् ‘केहि दिनअघि पनि मैले यही एयरलाइन्सबाट धोका पाएपछि नेपालगन्जको कार्यक्रम नै छुटाउनु परेको थियो । आज पनि म बिहानैदेखि काठमाडौँ एयरपोर्टमै छु ।’
गायिका समीक्षाले थप लेखेकी छन् ‘श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन। ‘यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन् ?, कि त यो एयरलाइन्सको काम छैन ।’
















लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया