प्रिमियर लिगमा लिभरपुलको अर्को जित, शीर्ष स्थान बलियो

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लिभरपुल फुटबल क्लबले सहज जित निकालेको छ।
शनिबार राति भएको खेलमा इप्स्वीच टाउनलाई ४-१ ले हराउँदै लिभरपुलले शीर्ष स्थानको अग्रता बलियो पारेको हो।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा काड्यो गोक्पोले २ तथा डोमिनिक स्जोबोस्ल र मोहम्मद सलाहले समान १ गोल गरेका थिए। पाहुना टोलीका लागि भने ज्याकोव ग्रेसले गोल गरेका थिए।
खेलको ११औं मिनेटमा स्जोबोस्लले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। लिभरपुलका लागि सलाहले खेलको ३५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरको बनाएका थिए।
खेलको ४४औं र ६६औं मिनेटमा गोल गदै गोक्पोले लिभरपुललाई ४-० को सहज स्थितिमा पुर्याए।
निर्धारित समयको अन्तिम मिनेटमा ग्रेसले इप्स्वीचका लागि सान्त्वना गोल फर्काए। जितसँगै लिभरपुल २२ खेलमा ५३ अंकका साथ शीर्ष स्थानमा रहेको छ।
पराजित इप्स्वीच २३ खेलमा १६ अंकका साथ रेलिगेसन जोनमा छ।
५३ अंकका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको आर्सनलको ४७ अंक रहेको छ। लिभरपुलले आर्सनलले भन्दा एक खेल कम खेलेको छ।
अर्को खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-१ ले पराजित गरेको छ।









पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सांग्रिला मोटर्सले लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प गर्दै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया