बिहीबार, फागुन २८, २०८२

प्रिमियर लिगमा लिभरपुलको अर्को जित, शीर्ष स्थान बलियो

मेरोन्यूज २०८१ माघ १३ गते १०:४४

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लिभरपुल फुटबल क्लबले सहज जित निकालेको छ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार राति भएको खेलमा इप्स्वीच टाउनलाई ४-१ ले हराउँदै लिभरपुलले शीर्ष स्थानको अग्रता बलियो पारेको हो।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा काड्यो गोक्पोले २ तथा डोमिनिक स्जोबोस्ल र मोहम्मद सलाहले समान १ गोल गरेका थिए। पाहुना टोलीका लागि भने ज्याकोव ग्रेसले गोल गरेका थिए।

खेलको ११औं मिनेटमा स्जोबोस्लले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। लिभरपुलका लागि सलाहले खेलको ३५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरको बनाएका थिए।

खेलको ४४औं र ६६औं मिनेटमा गोल गदै गोक्पोले लिभरपुललाई ४-० को सहज स्थितिमा पुर्‍याए।

निर्धारित समयको अन्तिम मिनेटमा ग्रेसले इप्स्वीचका लागि सान्त्वना गोल फर्काए। जितसँगै लिभरपुल २२ खेलमा ५३ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

पराजित इप्स्वीच २३ खेलमा १६ अंकका साथ रेलिगेसन जोनमा छ।

५३ अंकका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको आर्सनलको ४७ अंक रहेको छ। लिभरपुलले आर्सनलले भन्दा एक खेल कम खेलेको छ।

अर्को खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-१ ले पराजित गरेको छ।

प्रतिक्रिया