ट्राफिक सचेतनाका लागि महोत्तरीमा १ हजार साइकलकाे सडक यात्रा

महोत्तरी । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले स्वास्थ्य र ट्राफिक सचेतनाको कार्यक्रममा सयौं जनालाई सडकमा उतारेको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार गरिएको कार्यक्रममा प्लेकार्डसहित विद्यार्थी र स्थानियहरुलाई साइकल र्याली गराएर ट्राफिक कार्यालयले झन्डै एक हजारजनालाई सडकमा उतारेको हो ।
‘हाम्रो चाहना सडक सुरक्षा र ट्राफिक नियमको पालना’ भन्ने नारासहित उक्त साइकल यात्रा झन्डै नाै किलोमिटरसम्म गरिएको ट्राफिक कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए ।
साइकल यात्रापछि गरिएको औपचारिक कार्यक्रममा सरोकारवालाले स्वास्थ्यसँगै वातावरणका लागि समेत साइकल यात्रा फलदायी हुने बताए । एमालेका युवा नेता कुमार भण्डारीले वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले साइकल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले महंगो इन्धनको प्रयोग गर्न नपर्ने, इन्धनको प्रयोगले वातावरणलाई पर्ने असर कम हुने हुँदा साईकलमैत्री वातावरणको अनेकौं फाइदा हुने बताए । ‘साइकल यात्रा गर्दा सडक यात्रामा हुने जोखिम कम हुने, मानव स्वास्थ्यका लागि समेत साइकल यात्राबाट हुने सकारात्मक फाइदाहरुको बारेमा सामाजिक रुपमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्छ,’ उनले भने ।
तराई मधेसको सम्म भूभागमा समेत तीब्र गतिमा सवारी चलाउदा हुने दुर्घटनाबाट मधेसमा वर्षेनी सवारी दुर्घटना र क्षतिको विवरण बढ्दै गएको अवस्थामा साइकल यात्रा विशेष सुरक्षित रहने र सोहीअनुसारको वातावरण सिर्जना गर्न स्थानीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरे ।















कांग्रेसबाट समानुपातिकतर्फ १५ महिला र ५ पुरूषको नाम सिफारिस
मन्त्रिपरिषद् बैठक जारी
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया