कांग्रेस र एमालेले मात्र संविधान संशोधन गर्दैनन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका सांसद रमेश लेखकले मुलकमा व्यवसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् ।
बिहीवार पार्टीनिकट नेपाल वित्तिय संस्थाको आठौं राष्ट्रिय परिषद्लाई भक्तपुरमा सम्बोधन गर्दै लेखकले अध्यादेशले सेवा प्रवाहलाई दुरुस्त बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए ।
मन्त्री लेखकले अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको नभएतापनि प्रक्रियाकै कारण अहिलेसम्म संसदबाट स्वीकृत गर्न नसकिएको बताए । उनले अध्यादेश मुलुकको आर्थिक सुधारका लागि जरुरी भएको कारण चाँडै नै संसदबाट स्वीकृत हुने जिकिर गरे ।
मन्त्री लेखकले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरुबीच सहमति खोजिने बताए । गृहमन्त्री लेखकले संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सवल र दुर्लभ पक्षका आधारमा संविधान परिमार्जन गरिन बताए ।
संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारुढ दलहरुबीच सहमति समेत भइसकेको र सबैसँग संवाद र सहकार्य गरेर संविधान संशोधन गरिने लेखकको भनाइ छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया