नेपालले मनपरी गरेको भन्दै झलनाथको असन्तुष्टि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जारी केन्द्रीय कमिटी बैठकमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संगठनमा मनपरी गरेको आरोप लगाउदै उक्त गलत निर्णय सच्याउन माग गरेका हुन् ।
पार्टी अध्यक्ष नेपालले जारी गरेको अपानिमा दोहोरो जिम्मेवारीको नाममा अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेका थिए । त्यसपछि अनेरास्ववियूमा समानन्तर कमिटीको अभ्यास भइरहेको थियो । माधव नेपालको यस्तो कदमको विरोध गर्दै सम्मानित नेता खनालले पार्टी नेतृत्वले निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले युवाहरुलाई हाक्न खोजेको आरोप लगाएका छन् ।
उनले केन्द्रिय कमिटी बैठकमा भनेका छन्- ‘समाजवादी चेतना र प्रतिबद्वताले समेत जागरुक बन्दै गरेका युवाहरुलाई निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले हाक्न खोजेर हाँक्न सकिदैन । पार्टी नेतृत्वले जथाभावी डण्डा चलाएर पार्टी चल्न सक्दैन र चलाउन सकिदैन भन्ने कुरा आत्मसात गर्न सक्नुपर्छ । अन्यथा दुर्भाग्यपूर्ण अवस्था आइलाग्ने कुरा अवश्यभावी हुन्छ ।’
शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ र केन्दीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया